Posts

Showing posts from July, 2023

पुनर्वासबाट लागुऔषध सहित समातिएका सशस्त्र प्रहरी जवान निलम्बनमा

Image
  कञ्चनपुर / पुनर्वासमा लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरी जवान निलम्बनमा परेका छ्न । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ। उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ। सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआईजी कुमार न्यौपानेले जवान प्रदिप बिदामा घर (धनगढी) आएका बेला पक्राउ परेको जानकारी दिए।  उनका अनुसार प्रदिप पक्राउ परेलगत्तै स्वत: निलम्बित भैसकेका छन्। तर अदालतले सो मुद्दा...

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"

Image
  कञ्चनपुर   /१२ साउन ।  क्यान्सर पीडीत कलसी बुढाको सहयोगार्थ पुनर्वास युवा संजालले ''कलसी बुढा बचाउ अभियान'' चलाएको छ ।   पुनर्वासमा लामो समयदेखि  सामाजिक कार्य गर्दै आएको पुनर्वास युवा संजालले गत हप्तादेखी सो अभियान चलाएको हो । पुनर्वास ९ धन्सिङ्गा निवासी कर्ण बहादुर बुढाकी  श्रीमती  कलशी बुढा क्यान्सर पीडित भई  स्वास्थ्य अवस्था जटील भएकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले सो अभियान चलाईएको  अभियन्ता यादव सिंहले बताए ।  क्यान्सर अस्पताल नेपालगन्जमा हाल उपचार भइरहेको र उपचार गर्न आर्थिक स्थिति निकै कमजोर भएकाले सम्पूर्ण  मनकारी हातहरुलाई सहयोगका लागि अभियन्ता सिंहले अनुरोध गरेका छन । क्यान्सर पीडीत बुढालाई सहयोग गर्न तलका बैक खाता प्रयोग गर्न सकिन्छ ।  E-sewa : 9815678494 Acct name: ROSHAN PAUDEL NIC Asia Bank : 0255751657338001

प्रधानमन्त्री दाहाललाई पत्नी शोक

Image
काठमाडौं /२७ असार  प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई पत्नी शोक परेको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।  अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।  पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

महालक्ष्मी विकास बैंक बेलौरी शाखाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

Image
-हिक्मत कुमार शाही, कञ्चनपुर,२३ असार ।  महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरी, कञ्चनपुरले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नगर खेलकुद विकास समिती बेलौरीलाई विभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । विगतका वर्षदेखि नै बेलौरी क्षेत्रमा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा बेलौरी क्षेत्र भित्रका लागि उचित  हलको ब्यवस्था नहुदा खेलकुद प्रतियोगिता आयोजना गर्न असहज भैरहेकोले स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था सहित कभर्ड हल निर्माणमा पनि जोड दिनुपर्ने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जिकिर गर्नुभयो  । महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले व्यवसायिक, सामाजिक र व्यवहारिक रुपले बेलौरीसंग नजिक भएर सेवा दिइरहेको बताउँदै महालक्ष्मी विकास बैंकले यस क्षेत्रमा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत पटक पटक विभिन्न सामाग्री हस्तान्तरण गरिसकेको र आगामी दिनमा पन...

पुनर्वासको प्यारातालमा माछाको प्रतिमा निर्माणका लागि अभियान सुरु

Image
कञ्चनपुर , २२ असार । पर्यटन प्रवर्द्धनका लागी पुनर्वासको प्यारातालमा माछाको प्रतिमा निर्माण हुने भएको छ । सो  निर्माणका लागि नागरिक स्तरबाट अभियान समेत सुरु गरिएको छ । पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा एक  स्टाटस लेखि प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्न आव्हान गरेका थिए । फेसबुकमा आर्थिक सहयोग गर्न अपील गरेर सुरु भएको सो अभियानलाई हालसम्म दर्जनभन्दा बढी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन । देश तथा विदेशमा रहेका पुनर्वासी नागरिकहरुबाट ४८९१४/- रुपैयाँ आर्थिक सहयोग जुटेको पत्रकार बस्नेतले बताए । प्यारातालमा पर्यटन विकासको आधार थुप्रै भए पनि पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेका निकायहरुको मौन देखिएपछि  स्वस्फूर्त  रुपमा नागरिक स्तरबाट अभियान चलाउनु परेको पत्रकार बस्नेतले बताए । सो अभियानमा बुद्धिमान तामाङले ५,५०० , दधिराम गौतमले ५,१०० , अर्जुन बोगटी ५,१०० , करण भाट क्षेत्री ५००० , बिष्णु शर्मा ३०००, नारायण सुवेदी ३००५ , बुद्धि कटुवाल २५००, मानबहादुर धामी २१२१ , कृष्ण जैसी २१००, दीपक सुनार २१००, मनिराम खा...

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्नुस् नतिजा

Image
काठमाडौं /माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो।  एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट हेर्न सकिन्छ। https://see.ntc.net.np/ http://see.gov.np/  http://neb.gov.np/

एसईईको नतिजा आज सार्वजनिक गरिने

Image
काठमाडौ , २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ ।’ बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत...

पुनर्वासमा राष्ट्रिय स्वतन्त्र पार्टिको अन्तर्कृया कार्यक्रम सम्पन्न

Image
-लाल बहादुर एस.के. कञ्चनपुर/१७ असार राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर समितिले अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ  ।  अन्तर्कृयाका कार्यक्रमको सभापतित्व रास्वपा, पुनर्वासका नगर सभापति सरेश गजुरलेले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट हुनुहुन्थ्यो । कार्यक्रममा वर्तमान राजनीतिक परिघटना राष्ट्रिय स्वतन्त्र पार्टी भुमिका बारे अन्तरकृयामा सहभागिहरुले जिज्ञासाहरु राखेका थिए ।  कार्यक्रममा नगर सभापति गजुरेलले पार्टी निर्माण गर्न स्पष्ट रणनीति, आर्थिक दिगोपना, सदस्यहरुको क्षमता विकास, ठुला जनचासो भएका भ्रष्टाचार विरुद्धको अभियानलाई निरन्तर उठान गर्ने, आम नागरिकसंग निरन्तर जोडिएर काम गर्नु पर्ने र यसमा प्रदेशले अनुगमन तथा सहयोगी भूमिका खेल्नु पर्ने कुरा जोड दिनु भयो ।  त्यसै गरी ५ नं. वडा सभापती कमला सुनारले खुला सिमामा हुँने अवैध आयतले स्थानीय उद्योग, उत्पादन धारासायी भएको, स्वदेशमै सामान्य व्यापार व्यवसाय गरेर बस्ने बाताबरण नभएका कारण युवाहरु विदेश पलायन हुँनु परेका हुँदा रास्वपाले स्थानीय उद्...

राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरद्वारा धान रोपाइँ

Image
-लाल बहादुर एस.के. कञ्चनपुर , १६ असार । राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर समितिद्वारा धान रोपाइँ गरिएको छ ।  समितिले  किसानकाे खेतमा धान राेपी दिवस मनाएको हो । शुक्रबार हिजो  पुनर्वास ५ नं. काे वडा समितिका उपसभापति हिरा रानाकाे खेतमा धान राेपी स्वतन्त्र पार्टीले धान दिवश मनाएकाे हाे । कार्यक्रममा नगर सभापति सुरेश गजुरेल, क्षेत्रीय समिति आनन्द सुवेदी, माधव कुमार राेक्का, नगर सदस्य ईन्द्र बिक, वडा सदस्य जीत बहादुर राना तथा सदस्यहरु गाेपी खडका, बिष्णु उपाध्याय, नर बहादुर राेकाया, रमेश बाेहरा, रबिन्द्र कुमार नकर्मी लगायतकाे स्थानीय कृषकहरुकाे सहभागीता रहेकाे थियाे ।  मानाे राेपी मुरी फलाउने याे बेलामा किसानसंग जाेडिई उनीहरुलाई सहयाेग गर्न याे कार्यक्रम गरेकाे नगर सभापति गजुरेलले बताउनु भयाे । त्यसै गरि उत्पादन र खाद्य सुरक्षामा कृषककाे अहम भुमिका रहने सभापति गजुरेलले बताउनु भयाे ।  राज्यले मल, बिउकाे सहज उपलब्धतामा कृषकलाई सहयोग नगरेकाे गुनासाे स्थानीय कृषकहरुले गरेका थिए ।