प्रधानमन्त्री दाहाललाई पत्नी शोक


काठमाडौं/२७ असार 
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई पत्नी शोक परेको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
 अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।
 स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
 पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

Comments

Popular posts from this blog

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"