Posts

Showing posts from April, 2023

पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा वृहत र्‍याली तथा सभाको आयोजना

Image
कञ्चनपुर / पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा आइतबार वृहत र्‍यालीको आयोजना गरिएको छ । पुनर्वासका क्रिश्‍चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी येशु ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव मनाएका हुन्।    पुनर्वास भरीका चर्चबाट हजारौँको संख्यामा सहभागीता रहेको  इसाई समुदायले येशु ख्रीष्टको पुनरुत्थान दिवस ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’  शान्ति यात्रा गरि भव्यताको साथ मनाएका छन्।  पुनर्वास नगरपालिका भित्रका ४२  मण्डलीहरु बाट करीब १ हजार ५ सय  बढी ईसाई धर्मावलम्बीहरु प्रतिभानगर टाउन बजारमा  उपस्थित भएर शान्ति पदयात्रामा सहभागी भएका थिए।  येशू ख्रीष्ट पुनरूत्थान भएको घोषणा  सभालाई सम्बोधन गर्दै पास्टर हेमराज न्यौपानेले बाइबलमा उद्धार मुक्ति को बारेमा स्पष्ट रुपमा उल्लेख गरेका कुरा ऋगवेद र स्वेतवेदले समेत पुष्टि गरेको जिकिर गर्नुभयो।  यसैगरी ईसाई समाजका सल्लाहकार रेभ पास्टर राजकुमार तामाङले येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हु...

पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्ने

Image
कञ्चनपुर , २३ चैत । पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । "आपन सबके एकय ईच्छा,बच्चनके देमए सहि शिक्षा" मूल नारा सहित हुन लागेको सो कार्यक्रम पुनर्वास ७, परासनको खेल मैदानमा आगामी बैशाख १ गते हुन लागेको हो ।  पुनर्वास दिलबर समिति रानाथारु समाजको अशिक्षा,कुरीति, विकृति, विसंगति र अन्धविश्वास हटाउन लामो समयदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको रानाथारु युवाहरूको संगठन हो ।  साँस्कृतिक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कन्दकला कस्ट्रक्सन प्रा.लि. रहेको छ । जसको प्रोपाईटर भिम राना हुन । कार्यक्रममा रानाथारु जातिको मौलिक गित, नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।