पुनर्वासको प्यारातालमा माछाको प्रतिमा निर्माणका लागि अभियान सुरु


कञ्चनपुर, २२ असार ।
पर्यटन प्रवर्द्धनका लागी पुनर्वासको प्यारातालमा माछाको प्रतिमा निर्माण हुने भएको छ । सो  निर्माणका लागि नागरिक स्तरबाट अभियान समेत सुरु गरिएको छ ।
पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा एक  स्टाटस लेखि प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्न आव्हान गरेका थिए । फेसबुकमा आर्थिक सहयोग गर्न अपील गरेर सुरु भएको सो अभियानलाई हालसम्म दर्जनभन्दा बढी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन ।
देश तथा विदेशमा रहेका पुनर्वासी नागरिकहरुबाट ४८९१४/- रुपैयाँ आर्थिक सहयोग जुटेको पत्रकार बस्नेतले बताए । प्यारातालमा पर्यटन विकासको आधार थुप्रै भए पनि पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेका निकायहरुको मौन देखिएपछि  स्वस्फूर्त  रुपमा नागरिक स्तरबाट अभियान चलाउनु परेको पत्रकार बस्नेतले बताए ।
सो अभियानमा बुद्धिमान तामाङले ५,५०० , दधिराम गौतमले ५,१०० , अर्जुन बोगटी ५,१०० , करण भाट क्षेत्री ५००० , बिष्णु शर्मा ३०००, नारायण सुवेदी ३००५ , बुद्धि कटुवाल २५००, मानबहादुर धामी २१२१ , कृष्ण जैसी २१००, दीपक सुनार २१००, मनिराम खानाल २००० , पत्राकार केशव भट्टराई ११११ , राजेन्द्र बराल १००० , अर्जुन केसी १००० , श्रीराम हमाल १००० र भुपेन्द्र बस्नेतले ५०० आर्थिक सहयोग गरेका छन् ।

Comments

Popular posts from this blog

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"