राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरद्वारा धान रोपाइँ


-लाल बहादुर एस.के.
कञ्चनपुर, १६ असार ।
राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा
राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर समितिद्वारा धान रोपाइँ गरिएको छ ।
 समितिले  किसानकाे खेतमा धान राेपी दिवस मनाएको हो ।
शुक्रबार हिजो  पुनर्वास ५ नं. काे वडा समितिका उपसभापति हिरा रानाकाे खेतमा धान राेपी स्वतन्त्र पार्टीले धान दिवश मनाएकाे हाे । कार्यक्रममा नगर सभापति सुरेश गजुरेल, क्षेत्रीय समिति आनन्द सुवेदी, माधव कुमार राेक्का, नगर सदस्य ईन्द्र बिक, वडा सदस्य जीत बहादुर राना तथा सदस्यहरु गाेपी खडका, बिष्णु उपाध्याय, नर बहादुर राेकाया, रमेश बाेहरा, रबिन्द्र कुमार नकर्मी लगायतकाे स्थानीय कृषकहरुकाे सहभागीता रहेकाे थियाे । 
मानाे राेपी मुरी फलाउने याे बेलामा किसानसंग जाेडिई उनीहरुलाई सहयाेग गर्न याे कार्यक्रम गरेकाे नगर सभापति गजुरेलले बताउनु भयाे । त्यसै गरि उत्पादन र खाद्य सुरक्षामा कृषककाे अहम भुमिका रहने सभापति गजुरेलले बताउनु भयाे । 
राज्यले मल, बिउकाे सहज उपलब्धतामा कृषकलाई सहयोग नगरेकाे गुनासाे स्थानीय कृषकहरुले गरेका थिए ।

Comments

Popular posts from this blog

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"