महालक्ष्मी विकास बैंक बेलौरी शाखाद्वारा खेलकुद सामाग्री हस्तान्तरण
-हिक्मत कुमार शाही,
कञ्चनपुर,२३ असार ।
महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरी, कञ्चनपुरले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नगर खेलकुद विकास समिती बेलौरीलाई विभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । विगतका वर्षदेखि नै बेलौरी क्षेत्रमा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा बेलौरी क्षेत्र भित्रका लागि उचित हलको ब्यवस्था नहुदा खेलकुद प्रतियोगिता आयोजना गर्न असहज भैरहेकोले स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था सहित कभर्ड हल निर्माणमा पनि जोड दिनुपर्ने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जिकिर गर्नुभयो ।
महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले
व्यवसायिक, सामाजिक र व्यवहारिक रुपले बेलौरीसंग नजिक भएर सेवा दिइरहेको बताउँदै महालक्ष्मी विकास बैंकले यस क्षेत्रमा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत पटक पटक विभिन्न सामाग्री हस्तान्तरण गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो ।
बेलौरी नगरपालिकाका नग उपप्रमुख जोगराम चौधरीले बेलौरीको खेल क्षेत्रको विकासका लागि बैंकले प्रदान गरेको सामाग्रीले खेलाडीहरुलाई थप राहत मिलेको बताउनुहुँदै बैंक परिवारलाई धन्यवाद दिनुभयो ।
खेलकुदका सामग्रीहरुमा भलिबल ४ थान,भलिबल जाली १ थान,फुटबल २ थान,टिसर्ट १० थान,क्रीकेट ब्याट २ थान, बल ४ थान, स्टयाम्प १ सेट,भलिबल पम्प १ सेट, सिटि १ सेट, ब्याडमिन्टन जाली १ सेट, कर्क १ सेट,कुर्सी ५ थान, र टेबुल टेनिस ब्याट १ सेट लगायतका सामाग्री वितरण गरिएको बेलौरी शाखा प्रमुख हेम बहादुर बोहराले जानकारी दिनुभएको छ । संस्थागत रुपमा खेलकुद समितिलाई सामाग्री सहयोग गर्ने पहिलो कार्यको थालनी गरेकोमा बैंक परिवारलाई धन्यवाद दिदै, हस्तान्तरण गरिएका सामाग्रीलाई सहि ठाउँमा सदुपयोग गर्ने बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रमको सभापतिमा बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,विशिष्ट अतिथीमा महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपाल,महालक्ष्मी विकास बैंक धनगढी शाखा प्रमुख झंकर बहादुर कडायत रहनुभएको थियो । अतिथिमा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठ, दिनेश कुवर,अशोक पाण्डे,अशोक श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा नगर खेलकुद विकास समिति बेलौरीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी लगायत स्थानीय सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य खेलकुद विकास समितिका सदस्य भुपेन्द्र बहादुर शाहीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य तेजबहादुर चन्दले गर्नुभएको थियोे । महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उक्तरदायित्वको कार्यत्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उक्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
Comments
Post a Comment