पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"


 कञ्चनपुर  /१२ साउन । 
क्यान्सर पीडीत कलसी बुढाको सहयोगार्थ पुनर्वास युवा संजालले
''कलसी बुढा बचाउ अभियान'' चलाएको छ ।  
पुनर्वासमा लामो समयदेखि  सामाजिक कार्य गर्दै आएको पुनर्वास युवा संजालले गत हप्तादेखी सो अभियान चलाएको हो । पुनर्वास ९ धन्सिङ्गा निवासी कर्ण बहादुर बुढाकी  श्रीमती  कलशी बुढा क्यान्सर पीडित भई  स्वास्थ्य अवस्था जटील भएकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले सो अभियान चलाईएको  अभियन्ता यादव सिंहले बताए । 
क्यान्सर अस्पताल नेपालगन्जमा हाल उपचार भइरहेको र उपचार गर्न आर्थिक स्थिति निकै कमजोर भएकाले सम्पूर्ण  मनकारी हातहरुलाई सहयोगका लागि अभियन्ता सिंहले अनुरोध गरेका छन । क्यान्सर पीडीत बुढालाई सहयोग गर्न तलका बैक खाता प्रयोग गर्न सकिन्छ । 
E-sewa : 9815678494
Acct name: ROSHAN PAUDEL
NIC Asia Bank : 0255751657338001

Comments