Posts

नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्वर्गीय धामीको परिवारलाई ५ लाख ५१ हजारको बीमा दाबी रकम हस्तान्तरण

Image
बेलौरी/फागुन १९ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नौलो सुरक्षित जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ह्दयघातका कारण मृत्यु भएका पुनर्वास नगरपालिका वडा नं. १ का लोक राज धामीको परिवारलाई बीमा गरे वापतको ५ लाख ५१ हजार चार सय अन्ठाउन्न रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बचत सँगसँगै खतरा पनि समेटिने भएकाले धामीले दुई वर्ष अघि मात्रै कम्पनीबाट नौलो सुरक्षित जीवन बीमा गराएका थिए । दुई वर्ष पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । नौलो सुरक्षित जीवन बीमा अन्र्तगत उनका परिवारले सो रकम बुझेका हुन् । कम्पनीका बेलौरी उप–शाखाका प्रमुख यज्ञ प्रसाद श्रेष्ठले मृतक लोक राज धामीकी श्रीमती फुलमती तामाङलाई ५ लाख ५१ हजार चार सय अन्ठाउन्न रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको, श्रीमानले बिमा गर्दा के बिमा कम्पनीले हाम्रो पैसा फिर्ता देला भन्ने लागेको थियो आज बिमा कम्पनीले यत्रो रकम दिदाँ बीमा कम्पनी र मृत्यु दावि रकम भुक्तानीमा प्रत्यक्ष र अप्रत्यक्ष...

पूर्वमन्त्री बिना मगरद्वारा पुनर्वासमा निर्माणाधीन ढल योजनाको अनुगमन

Image
कञ्चनपुर , १८ मंसिर   पूर्व खानेपानीमन्त्री मगरले कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण भईरहेको प्रशोधन सहितको ढल योजनाको स्थलगत अनुगमन गरेकी छिन । सोमबार पुर्वमन्त्री मगरले पुनर्वास नगरपालिका ३आईबिआरडी बजारमा निर्माण भईरहेको ढलको स्थलगत अनुगमन गरेकी हुन । ०७६/०७७ सालमा माओवादी नेत्रृ समेत रहेकी निर्वतमान संसद मगर खानेपानीमन्त्री भएका बेला उक्त योजना पुनर्वासमा कार्यान्वयमा आएको थियो । खानेपानी मन्त्रालयबाट संचालन भईरहेको उक्त योजनाको पुर्वमन्त्री मगर आफैले स्थलगत अनुगमन गर्दै अधुरा काम पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छिन । पुर्वमन्त्री मगरले योजना अन्तिम चरणमा पुगेको र बाँकी आधुरा काम समयमै सम्पन्न गरेर पालिकालाई हस्तान्तरण गर्न अनुरोध गरेकी छिन । ‘हामीले भावि भविष्यका लागि पाँच बर्ष अघि संचालन गरेको योजना अघिले पुर्व आवश्यक भएको छ, ‘पुर्वमन्त्री मगरले भनिन, ‘भावि दिनमा बढ्ने जनसंख्या र घजघनत्वका लागि फोहोरो व्यवस्थापन यो आधुनिक केन्द्र प्रभावकारी हुनेछ ।’ पुर्वमन्त्री निर्माण कम्पनीसंगै ढल निर्माण र सडक निर्माण कार्यलाई शिघ्र कार्यान्वयन ...

नेपाल–भारत सीमा क्षेत्रका सीमा स्तम्भहरूको मर्मत तथा रङ्गरोगन कार्य सुरु

Image
-लाल बहादुर एस.के कञ्चनपुर , १८ मंसिर । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ ।  सशस्त्र प्रहरी बलले कञ्चनपुरका सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरेको हो ।  सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसंग जोडिएका सीमा स्तम्भको मर्मत सम्भार कार्य शुरु गरेको छ ।  नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित ७५३(१७१)नम्बर सीमा पिलरदेखि मर्मत कार्य शुरु गरेको छ ।  भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी) सहितका अधिकारीको उपस्थितिमा सीमा स्तम्भको मर्मत कार्य शुरु गरिएको हो ।  सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुमार न्यौपाले सरकारले दिएको जिम्मेबारी अनुरुप कञ्चनपुर, कैलालीका सीमा स्तम्भको एकसाथ शुभारम्भ गरिएको बताए ।  सशस्त्र प्रहरीका सुप प्रदेश प्रमुख समेत रहेका डिआईजी न्यौपानेले सन २०१४देखि यता निर्माण भएका सीमा स्तम्भको मर्मत, रंगरोगन एव पुर्ननिर्माण गरिने बताए ।  सीमा स्तम्भहरुको निर्माण मर्मत सम्भार र पुर्नस्थापना सम्बन...

सामाजिक सद्भाव बिथोलिएको भन्दै टिकटकमा प्रतिबन्ध

Image
काठमाडौं  , २७ कार्तिक । सामाजिक सद्भाव बिथोलिएको भन्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव बिथोलिएको एवम वातावरणमा नकारात्मक असर परिरहेकोले टिकटकलाई तत्काल रोक लगाउने  निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

पुनर्वासबाट लागुऔषध सहित समातिएका सशस्त्र प्रहरी जवान निलम्बनमा

Image
  कञ्चनपुर / पुनर्वासमा लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरी जवान निलम्बनमा परेका छ्न । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ। उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ। सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआईजी कुमार न्यौपानेले जवान प्रदिप बिदामा घर (धनगढी) आएका बेला पक्राउ परेको जानकारी दिए।  उनका अनुसार प्रदिप पक्राउ परेलगत्तै स्वत: निलम्बित भैसकेका छन्। तर अदालतले सो मुद्दा...

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"

Image
  कञ्चनपुर   /१२ साउन ।  क्यान्सर पीडीत कलसी बुढाको सहयोगार्थ पुनर्वास युवा संजालले ''कलसी बुढा बचाउ अभियान'' चलाएको छ ।   पुनर्वासमा लामो समयदेखि  सामाजिक कार्य गर्दै आएको पुनर्वास युवा संजालले गत हप्तादेखी सो अभियान चलाएको हो । पुनर्वास ९ धन्सिङ्गा निवासी कर्ण बहादुर बुढाकी  श्रीमती  कलशी बुढा क्यान्सर पीडित भई  स्वास्थ्य अवस्था जटील भएकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले सो अभियान चलाईएको  अभियन्ता यादव सिंहले बताए ।  क्यान्सर अस्पताल नेपालगन्जमा हाल उपचार भइरहेको र उपचार गर्न आर्थिक स्थिति निकै कमजोर भएकाले सम्पूर्ण  मनकारी हातहरुलाई सहयोगका लागि अभियन्ता सिंहले अनुरोध गरेका छन । क्यान्सर पीडीत बुढालाई सहयोग गर्न तलका बैक खाता प्रयोग गर्न सकिन्छ ।  E-sewa : 9815678494 Acct name: ROSHAN PAUDEL NIC Asia Bank : 0255751657338001

प्रधानमन्त्री दाहाललाई पत्नी शोक

Image
काठमाडौं /२७ असार  प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई पत्नी शोक परेको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।  अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।  पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।