महालक्ष्मी विकास बैंक बेलौरी शाखाद्वारा खेलकुद सामाग्री हस्तान्तरण
-हिक्मत कुमार शाही, कञ्चनपुर,२३ असार । महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरी, कञ्चनपुरले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नगर खेलकुद विकास समिती बेलौरीलाई विभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । विगतका वर्षदेखि नै बेलौरी क्षेत्रमा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा बेलौरी क्षेत्र भित्रका लागि उचित हलको ब्यवस्था नहुदा खेलकुद प्रतियोगिता आयोजना गर्न असहज भैरहेकोले स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था सहित कभर्ड हल निर्माणमा पनि जोड दिनुपर्ने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जिकिर गर्नुभयो । महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले व्यवसायिक, सामाजिक र व्यवहारिक रुपले बेलौरीसंग नजिक भएर सेवा दिइरहेको बताउँदै महालक्ष्मी विकास बैंकले यस क्षेत्रमा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत पटक पटक विभिन्न सामाग्री हस्तान्तरण गरिसकेको र आगामी दिनमा पन...