Posts

देशभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनौट, उत्कृष्ट विद्यालयले पाँच लाख पाउने

Image
काठमाडौं /शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ।  मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ। त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले विद्यालय छनोट गरेको मन्त्रालयले जनाएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए। रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ। रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो।  केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ। विद्या...

सुदूरपश्चिममा आम हडतालको घोषणा

Image
धनगढी /२७ जेठ । सुदूरपश्चिममा भोलि आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको हो । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। संघर्ष समितिले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको थियो। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय शैयामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रदर्शन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/...

पुनर्वासका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने

Image
कञ्चनपुर , जेठ २७ । अत्यन्तै गर्मी बढेपछि पुनर्वासका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने भएको छ । जेठ २८ गतेदेखि असार १ गतेसम्म विद्यालय सञ्चालन गर्दा बिहान १० बजेसम्म मात्र पठनपाठनको व्यवस्था मिलाउन जिल्ला समन्वय समिति कञ्चनपुरले अनुरोध गरेको थियोे । समन्वय समितिको च.नं.३७२ र मिति २०८०/२/२५ पत्रमा  सो अनुरोध भै आएको थियोे । शुक्रबार पुनर्वास नगरपालिकाले एक सूचना प्रकाशित गरी सोहि पत्र बमोजिम गर्न गराउन अनुरोध गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीद्वारा हस्ताक्षरित सूचनामा जिल्ला समन्वय समिति कञ्चनपुरको पत्र बमोजिम गर्न गराउन पुनर्वास भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध गरिएको हो । 

पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा वृहत र्‍याली तथा सभाको आयोजना

Image
कञ्चनपुर / पुनर्वास ईसाई समाजद्वारा ईष्टर सण्डेको अवसरमा आइतबार वृहत र्‍यालीको आयोजना गरिएको छ । पुनर्वासका क्रिश्‍चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी येशु ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव मनाएका हुन्।    पुनर्वास भरीका चर्चबाट हजारौँको संख्यामा सहभागीता रहेको  इसाई समुदायले येशु ख्रीष्टको पुनरुत्थान दिवस ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’  शान्ति यात्रा गरि भव्यताको साथ मनाएका छन्।  पुनर्वास नगरपालिका भित्रका ४२  मण्डलीहरु बाट करीब १ हजार ५ सय  बढी ईसाई धर्मावलम्बीहरु प्रतिभानगर टाउन बजारमा  उपस्थित भएर शान्ति पदयात्रामा सहभागी भएका थिए।  येशू ख्रीष्ट पुनरूत्थान भएको घोषणा  सभालाई सम्बोधन गर्दै पास्टर हेमराज न्यौपानेले बाइबलमा उद्धार मुक्ति को बारेमा स्पष्ट रुपमा उल्लेख गरेका कुरा ऋगवेद र स्वेतवेदले समेत पुष्टि गरेको जिकिर गर्नुभयो।  यसैगरी ईसाई समाजका सल्लाहकार रेभ पास्टर राजकुमार तामाङले येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हु...

पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्ने

Image
कञ्चनपुर , २३ चैत । पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । "आपन सबके एकय ईच्छा,बच्चनके देमए सहि शिक्षा" मूल नारा सहित हुन लागेको सो कार्यक्रम पुनर्वास ७, परासनको खेल मैदानमा आगामी बैशाख १ गते हुन लागेको हो ।  पुनर्वास दिलबर समिति रानाथारु समाजको अशिक्षा,कुरीति, विकृति, विसंगति र अन्धविश्वास हटाउन लामो समयदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको रानाथारु युवाहरूको संगठन हो ।  साँस्कृतिक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कन्दकला कस्ट्रक्सन प्रा.लि. रहेको छ । जसको प्रोपाईटर भिम राना हुन । कार्यक्रममा रानाथारु जातिको मौलिक गित, नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सरकारले मलको मुल्य वृद्धि गराएको विरोधमा राप्रपाले आन्दोलन गर्ने

Image
  कञ्चनपुर । रसायनिक मलको मुल्य वृद्धि विरुद्धमा राष्ट्रिय प्रजातान्त्र पाटीले आन्दोलन गर्ने भएको छ । राप्रपा कञ्चनपुरले १ चैत्र(बुधबार) महेन्द्रनगरमा आन्दोलन गर्ने भएको हो ।  राप्रपा कञ्चनपुरका सचिव शिविर थापाले सरकारले मुल्य बृद्धि गरेर किसानको ढाड सेक्ने काम गरेको भन्दै पार्टीले मुल्य बृद्धि फिर्ताको माग अघि सारेर विरोध प्रर्दशनका साथै पाटी कार्यालयदेखि बजारमा र्‍याली सहित प्रशासनबाट सरकारलाई ज्ञापन पत्र बुझाउने बताए । उनका अनुसार बुधबार बिहान १० बजे पाटी कार्यालयबाट महेन्द्रनगर बजारमा विरोध प्रर्दशनका साथै ज्ञापन पत्र बुझाईनेछ ।