पुनर्वासका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने


कञ्चनपुर, जेठ २७ ।
अत्यन्तै गर्मी बढेपछि पुनर्वासका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने भएको छ । जेठ २८ गतेदेखि असार १ गतेसम्म विद्यालय सञ्चालन गर्दा बिहान १० बजेसम्म मात्र पठनपाठनको व्यवस्था मिलाउन जिल्ला समन्वय समिति कञ्चनपुरले अनुरोध गरेको थियोे । समन्वय समितिको च.नं.३७२ र मिति २०८०/२/२५ पत्रमा  सो अनुरोध भै आएको थियोे ।
शुक्रबार पुनर्वास नगरपालिकाले एक सूचना प्रकाशित गरी सोहि पत्र बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।
पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीद्वारा हस्ताक्षरित सूचनामा जिल्ला समन्वय समिति कञ्चनपुरको पत्र बमोजिम गर्न गराउन पुनर्वास भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध गरिएको हो । 

Comments

Popular posts from this blog

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"