सरकारले मलको मुल्य वृद्धि गराएको विरोधमा राप्रपाले आन्दोलन गर्ने
कञ्चनपुर । रसायनिक मलको मुल्य वृद्धि विरुद्धमा राष्ट्रिय प्रजातान्त्र पाटीले आन्दोलन गर्ने भएको छ । राप्रपा कञ्चनपुरले १ चैत्र(बुधबार) महेन्द्रनगरमा आन्दोलन गर्ने भएको हो ।
राप्रपा कञ्चनपुरका सचिव शिविर थापाले सरकारले मुल्य बृद्धि गरेर किसानको ढाड सेक्ने काम गरेको भन्दै पार्टीले मुल्य बृद्धि फिर्ताको माग अघि सारेर विरोध प्रर्दशनका साथै पाटी कार्यालयदेखि बजारमा र्याली सहित प्रशासनबाट सरकारलाई ज्ञापन पत्र बुझाउने बताए । उनका अनुसार बुधबार बिहान १० बजे पाटी कार्यालयबाट महेन्द्रनगर बजारमा विरोध प्रर्दशनका साथै ज्ञापन पत्र बुझाईनेछ ।

Comments
Post a Comment