पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्ने
पुनर्वास दिलबर समितिले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । "आपन सबके एकय ईच्छा,बच्चनके देमए सहि शिक्षा" मूल नारा सहित हुन लागेको सो कार्यक्रम पुनर्वास ७, परासनको खेल मैदानमा आगामी बैशाख १ गते हुन लागेको हो ।
पुनर्वास दिलबर समिति
रानाथारु समाजको अशिक्षा,कुरीति, विकृति, विसंगति र अन्धविश्वास हटाउन लामो समयदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको रानाथारु युवाहरूको संगठन हो ।
साँस्कृतिक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कन्दकला कस्ट्रक्सन प्रा.लि. रहेको छ । जसको प्रोपाईटर भिम राना हुन ।
कार्यक्रममा रानाथारु जातिको मौलिक गित, नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
Comments
Post a Comment