नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्वर्गीय धामीको परिवारलाई ५ लाख ५१ हजारको बीमा दाबी रकम हस्तान्तरण
बेलौरी/फागुन १९
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नौलो सुरक्षित जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ह्दयघातका कारण मृत्यु भएका पुनर्वास नगरपालिका वडा नं. १ का लोक राज धामीको परिवारलाई बीमा गरे वापतको ५ लाख ५१ हजार चार सय अन्ठाउन्न रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बचत सँगसँगै खतरा पनि समेटिने भएकाले धामीले दुई वर्ष अघि मात्रै कम्पनीबाट नौलो सुरक्षित जीवन बीमा गराएका थिए । दुई वर्ष पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । नौलो सुरक्षित जीवन बीमा अन्र्तगत उनका परिवारले सो रकम बुझेका हुन् ।
कम्पनीका बेलौरी उप–शाखाका प्रमुख यज्ञ प्रसाद श्रेष्ठले मृतक लोक राज धामीकी श्रीमती फुलमती तामाङलाई ५ लाख ५१ हजार चार सय अन्ठाउन्न रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको, श्रीमानले बिमा गर्दा के बिमा कम्पनीले हाम्रो पैसा फिर्ता देला भन्ने लागेको थियो आज बिमा कम्पनीले यत्रो रकम दिदाँ बीमा कम्पनी र मृत्यु दावि रकम भुक्तानीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन् ।
साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पाएको केही रकमबाट पुन आफ्नो र देबरको नामका दुई बीमा समेत गराएकी छिन । मृत्यु दाबी भुक्तानी कार्यक्रममा बेलौरी उप–शाखा प्रमुख यज्ञ प्रसाद श्रेष्ठ, एजेन्सी म्यानेजर सन्तोष सुनार, खडग बस्नेत, अभिकर्ता देवराज गिरी, प्रेम बहादुर बि.क. मृतक धामीका बुबा दल धामी, श्रीमती फुलमती तामाङका साथै धामीका आफन्तको उपस्थिती रहेको थियो ।
Comments
Post a Comment