सामाजिक सद्भाव बिथोलिएको भन्दै टिकटकमा प्रतिबन्ध


काठमाडौं , २७ कार्तिक ।
सामाजिक सद्भाव बिथोलिएको भन्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव बिथोलिएको एवम वातावरणमा नकारात्मक असर परिरहेकोले टिकटकलाई तत्काल रोक लगाउने  निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

Comments

Popular posts from this blog

पुनर्वास युवा संजालले चलायो "कलसी बुढा बचाउ अभियान"